Saturday, January 7, 2012

love nature








I love nature

let's move our hands towads peace

नाइन इलेभेन’पछि अमेरिकीहरुको मनमा एउटै प्रश्न उठेको थियो- ‘मुस्लिमहरु आखिर किन अमेरिकालाई यतिविधी घृणा गर्छन्?’ मात्र मुस्लिम भएर, अरबी भएर वा गैरअमेरिकी भएर। ठिक दश वर्ष अघि आजकै दिन अलकायदाले न्यूयोर्कस्थित ट्वीन टावर्समा आक्रमण गरेपछि यो सोचले अमेरिकीहरुलाई घच्घच्याइरह्यो। सन् २००१ सेप्टेम्बर ११ को विहानै भएको सो आक्रमणमा झण्डै तीन हजारको ज्यान गयो। ‘नाइन इलेभेन’, ‘सेप्टेम्बर ११’ नाम दिइएको यो दुःखद घटनाले विश्वलाई, अझ खासगरी अमेरिकालाई धेरै पाठ सिकायो।
सेम्टेम्बर ११ ले यो १० वर्षमा सकारात्मक/नकारात्मक धेरै परिवर्तन दियो। विश्व सम्बन्धलाई नयाँ स्वरुप दियो-आतंकवादविरुद्ध सारा विश्वले ‘वि आर अल अमेरिकन्स’ भनी एक्यावद्धता जनाए। इराक र अफगानिस्तानमाथि आक्रमण भयो। सद्दाम हुसेनलाई फाँसी दिइयो। तालिवानलाई सत्ताच्युत गरियो। युद्धलाई निरन्तरता दिन चाहने बुस पक्षका उम्मेद्वारको राष्ट्रपति निर्वाचनमा हार भयो, अफगानिस्तान र इराकबाट सेना फिर्ता गर्नुपर्छ भन्ने बाराक ओबामा राष्ट्रपति बने। अमेरिका र युरोप आर्थिक मन्दीको भुमरीमा परे। अन्ततः सेम्टेम्बर ११ का प्रमुख योजनाकार तथा अलकायदाका नेता ओसामा विन लादेन मारिए। तर, युद्ध अझै सकिएको छैन। सेम्टेम्बर ११ को त्रास अझै मेटिएको छैन।
सेम्टेम्बर ११ मा अलकायदाले न्यूयोर्कका दुई वटा अग्ला भवन ढाल्यो। यसपछि उत्पन्न घटनाक्रमले विश्व मुस्लिम समुदायको मन ढल्यो। आतंकवाद र मुसलमानलाई सँगै जोडेर हेर्न थालियो। मुसलमान भनेकै अलकायदा र अलकायदा भनेकै आतंकवाद – यही सुत्रले काम गर्‍यो। यो सुत्रले गर्दा अमेरिकी तथा युरोपेली प्रशासनप्रति विश्व मुस्लिम समुदायमा वितृष्णा जगायो। र, अहिले पश्चिमाहरुलाई सबैभन्दा ठूलो चुनौती यही बनेको छ र खतरा पनि।
हुसेनलाई फाँसी दिइए पनि, लादेन मारिए पनि, ओबामा आए पनि मुस्लिम समुदायमाथि झुण्डिएको आतंकवादको बिल्ला अझै कायम छ। हिजो एक मात्र विन लादेन थिए, आतंकवादको ट्याग नहट्ने हो भने भोली सयौं विन लादेन जन्मिन सक्छन्। साउदी अरब, इराक, अफगानिस्तान, लिबिया, पाकिस्तान जस्ता मुस्लिम बाहुल्यता रहेको देशमा मात्र होइन अल्पसंख्यामा रहेका नेपालमा पनि लादेन जन्मिन सक्छन्।
यसलाई सुःखद नै मान्नु पर्छ मुस्लिम समुदायको यो मर्मलाई बुझी अमेरिकी सरकारले उनीहरुको मनमा मलम लगाउन आफ्ना हात अगाडि बढाइसेकेको छ। मध्यपूर्वका मुस्लिमसँग मात्र होइन अमेरिका नेपालमा रहेका मुसलमानसँग पनि उत्तिकै घनिष्ट सम्बन्ध बनाउने प्रयासमा जुटिसकेको छ। यसको अनुभूति यो पंत्तिकारले एक वर्ष अघि गर्न पाएको थियो। सेप्टेम्बर ११ पछिको दश वर्षमा यो नै सबैभन्दा ठूलो सकारात्मक परिवर्तन हो।

Wednesday, January 4, 2012

things to remember


 ‘time is money and motion is success’

‘a bad carpenter quarrels with his tools’

‘morning shows the day as child shows the man’

‘him self a bagger and a baggar at the door’

‘rolling stone gather’s no moss’

‘Give the wages to the labors before their perspiration be dry’

‘Winner’s never quit and quiter never win’

‘No money no walete no wife no tension’

‘‘the woods were lovely,dark and deep
  I have promises to kept it
And to go miles to miles before I slept
And to go miles to miles before I slept’’

                                                                   Written by suraj neupane